एमाले सुदूरपश्चिम विवादः गुण्डु बैठक निष्कर्षविहीन, निर्णय अझै बाँकी

धनगढी- सुदूरपश्चिममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवाद समाधान गर्न बोलाइएको गुण्डु बैठक बिना निष्कर्ष टुंगिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

संसदीय दलका नेता राजेन्द्रसिंह रावल लाई हटाउने विषयमा बुधबार बिहानदेखि केन्द्रीय नेतृत्वको पहलमा छलफल भए पनि सहमति जुट्न सकेन। केही नेताहरूले रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि उनलाई दलको नेताबाट हटाउने प्रयास गरिरहेका छन्, तर त्यो अझै निर्णयमा पुग्न सकेको छैन।

Navadurga sun
Godawari sandesh

विवाद बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओली ले सुदूरपश्चिम प्रदेशका ११ सांसदलाई गुण्डुमा बोलाएर छलफल गरेका थिए। सहभागी नेताहरूले आफ्ना धारणा ओलीसमक्ष राखे पनि सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बनेको हो।

अब पर्सि पुनः बैठक बस्ने र अन्तिम निर्णय गर्ने तयारी गरिएको छ।
यसैबीच, चैत १४ मा पक्राउ परेपछि उपचाररत रहेका ओली करिब ३९ दिनपछि सक्रिय राजनीतिमा फर्किएर पार्टीको आन्तरिक विवाद समाधानमा जुटेका छन्।

Couple
Loading...