यार्चा संकलनका कारण बझाङका ५० बढी विद्यालय बन्द

बझाङ- सरकारले देशव्यापी विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेको समयमा बझाङका विभिन्न स्थानीय तहका ५० भन्दा बढी विद्यालय भने यार्चा संकलनका कारण जेठ मसान्तसम्मका लागि बन्द भएका छन्।

Dadeldhura hospital

सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय तथा तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाका उत्तरी क्षेत्रका विद्यालय बन्द गरिएको स्थानीयले बताएका छन्।

Navadurga sun
Godawari sandesh

यस क्षेत्रमा यार्चा आम्दानीको मुख्य स्रोत भएकाले बालबालिकादेखि वृद्धवृद्धासम्म लेकतर्फ लागेका छन्। विद्यार्थी मात्र होइन, शिक्षकहरू पनि यार्चा संकलनका लागि पाटनतिर उक्लिएका छन्। विद्यालय बन्द हुँदा घरमै बस्नुभन्दा आम्दानीका लागि लेक जाने चलन रहेको शिक्षकहरू बताउँछन्।

अभिभावक र विद्यार्थी लेकतिर गएकाले असार १ गतेदेखि मात्र विद्यार्थी भर्ना सुरु गरिने स्थानीय तहले जनाएको छ। बझाङका यी क्षेत्रमा हरेक वर्ष यार्चा सिजनमा डेढदेखि दुई महिनासम्म विद्यालय बन्द हुने र उक्त बिदालाई बर्खे बिदासँग मिलाएर व्यवस्थापन गरिने गरिएको छ।

Loading...