पश्चिमबाट सर्दै गरेको प्रणालीले देशभर वर्षा र चट्याङको सम्भावना

नेपालमा अहिले सक्रिय मौसम प्रणालीका कारण देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने अवस्था देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशबाट विकसित भएको बादल प्रणाली क्रमशः पूर्वतिर सर्दै गएको छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मध्यम वर्षा भइरहेको छ । उक्त प्रणाली पूर्वतर्फ सर्दै जाँदा लुम्बिनी, गण्डकी, बागमती, कोशी र मधेश प्रदेशमा पनि वर्षाको सम्भावना बढेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मौसमविद्हरूका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित भारी वर्षा हुन सक्छ । लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि यस्तै जोखिम रहने बताइएको छ ।

वर्षासँगै हावाहुरी र असिना पर्ने सम्भावना पनि रहेको छ, जसले कृषिबाली, संरचना र दैनिक जनजीवनमा असर पुर्‍याउन सक्छ।

यो मौसम प्रणाली केही दिनसम्म सक्रिय रहने अनुमान गरिएको छ । मंगलबारसम्म विशेषगरी तराई क्षेत्रमा वर्षा हुने र साताभरि देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ । पहाडी तथा हिमाली क्षेत्रमा वर्षा वा हिमपात पनि हुन सक्छ ।

मौसम विभागले चट्याङ, हावाहुरी र भारी वर्षाबाट हुन सक्ने क्षतिबाट जोगिन सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Loading...