नवजीवन सहकारीको अध्यक्षमा ४ जना प्रतिस्पर्धामा, अरु पदमा

धनगढी- धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको ३२औं वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनका लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका लागि केशव राज मिश्र, गोपाल राज पाठक, धन बहादुर शाह र चेतराज ओझा चुनावी मैदानमा उत्रिएका छन्।

उपाध्यक्ष पदमा इन्द्र प्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्टबीच प्रतिस्पर्धा हुने भएको छ। सदस्य पदका लागि भने ३० जना उम्मेदवारले उम्मेदवारी दिएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजक पदका लागि गणेश प्रसाद जोशी र चेतराज जोशीबीच प्रतिस्पर्धा हुनेछ। सदस्य पदमा खेमराज पाठक, गणेश प्रसाद उपाध्याय, टेक राज जोशी र दिलिप रोकाय क्षेत्री उम्मेदवार रहेका छन्।

निर्वाचन समितिले सबै उम्मेदवारको नामावली सार्वजनिक गर्दै तोकिएको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जनाएको छ।

Loading...