कैलाली निर्माण व्यवसायी संघको अधिवेशन: दिर्घराज जोशी प्यानल सार्वजनिक

कैलाली- निर्माण व्यवसायी संघ कैलालीको आगामी अधिवेशनलाई लक्षित गर्दै दिर्घराज जोशी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अध्यक्षका उम्मेदवार जोशीले अनुभवी र सशक्त टोलीसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

घोषित प्यानलअनुसार अध्यक्षमा दिर्घराज जोशी, वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन्। महासचिवमा अमर बहादुर खड्का, नीतिगत उपमहासचिवमा योगेन्द्र बहादुर चन्द तथा आन्तरिक उपमहासचिवमा सिद्धराज भट्टलाई अघि सारिएको छ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट र सह–कोषाध्यक्षमा मणिराज भट्ट उम्मेदवार छन्। सदस्यहरूमा चक्र बहादुर मल्ल, बिनोद बिष्ट, टेक बहादुर खड्का, टेकराज जोशी, शिवराज सापकोटा र रुद्रप्रसाद पन्त रहेका छन्। महिला सदस्यमा शुभलक्ष्मी हमाल तथा आदिवासी/दलित सदस्यमा मदन बिसी उम्मेदवार बनेका छन्।

Dadeldhura hospital

भौगोलिक प्रतिनिधित्वतर्फ विभिन्न स्थानीय तहबाट समेत उम्मेदवार घोषणा गरिएको छ। धनगढी उपमहानगरपालिकाबाट दिपेन्द्र साउद, गोदावरी नगरपालिकाबाट गोकर्ण बिष्ट, टिकापुरबाट दिपेन्द्र साउद, गौरिगंगाबाट गणेश कलेल, घोडाघोडीबाट सुरेश बोगटी, लम्किचुहाबाट विष्णु शाही, भजनीबाट युवराज चौधरी, कैलारीबाट दिलिप रोकाया, जानकीबाट प्रबिण राना, जोशीपुरबाट खगेन्द्र मौनी, बर्दगोरियाबाट नविन कुंवर, मोहन्यालबाट कमल बयाला र चुरेबाट दिलबहादुर भाट रहेका छन्।

यसअघि अध्यक्षका दाबेदार मानिएका धिरेन्द्र साउदले जोशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएसँगै निर्वाचन समीकरण थप रोचक बनेको छ।

उम्मेदवार घोषणा कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, जिल्ला अध्यक्ष टेक बहादुर मल्ल, केन्द्रीय सदस्य लक्ष्मण साउद र मदन सिंह धामीलगायतको उपस्थिति रहेको थियो।

संघको २९औं साधारणसभा तथा १२औं अधिवेशन बैशाख २४ र २५ गते संघकै कार्यालयमा हुने तय भएको छ। अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको देखिएको छ।

Loading...