डोटीमा एक युवक सेती नदीमा बेपत्ता

Dadeldhura hospital

डोटी- डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका(५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका(२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।

बोहरा दिपायल सिलगढी नगरपालिका(५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए । उनको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोलीले परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Loading...