धनगढी-१ का चौधरी मृत्यु प्रकरण : एकै परिवारका चार जना पक्राउ

धनगढी- धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१, बुद्धमन्दिर क्षेत्रका ५६ वर्षीय पतिराम चौधरीलाई शुक्रबार राति छिमेकी महेश श्रेष्ठले ‘आफ्नो कुकुर मारिएको’ भन्दै घरमै बोलाएर लगेका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रहरीका अनुसार श्रेष्ठको घरको सिँढीबाट खसेर चौधरी बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले चौधरीको घरमा रहेको कुकुरले आफ्नो कुकुर मारेको आरोप लगाउँदै श्रेष्ठले राति नै चौधरीलाई आफ्नो घर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले महेश श्रेष्ठ, उनकी आमा सुमित्रा श्रेष्ठ, दाजु दिनेश श्रेष्ठ र भाउजु ज्ञानु श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। मृतककी श्रीमतीले ‘कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले शुक्रबार नै जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Loading...