सुदूरपश्चिममा मन्त्रिपरिषद् बैठक बहिष्कारबीच अस्पताल अध्यक्ष नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठक नेकपा (एमाले) ले बहिष्कार गरेको छ। एमाले अनुपस्थित भए पनि मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा नेपाली कांग्रेसका दुई मन्त्रीको उपस्थितिमा बैठक बसेर विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

बैठकले टिकापुर प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर भण्डारी, दार्चुला जिल्ला अस्पतालमा तोरणप्रसाद अवस्थी, बैतडी जिल्ला अस्पतालमा धनबहादुर क्षेत्री र बाजुरा जिल्ला अस्पतालमा धनबहादुर रावतलाई नियुक्त गरेको छ। त्यस्तै, बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा वीरेन्द्रबहादुर खड्का नियुक्त भएका छन्।

Navadurga sun
Godawari sandesh

नियुक्त भएका अध्यक्षमध्ये बझाङ बाहेक अन्य सबै नेपाली कांग्रेससँग सम्बद्ध रहेका छन्। एमालेले बैठक बहिष्कार गरेको अवस्थामा गरिएको यी नियुक्तिहरूले प्रदेश राजनीतिमा नयाँ विवाद निम्त्याउने संकेत देखिएको छ।

Couple
Loading...