बालेन्द्र शाहको सपथग्रहण शुक्रबार १२:३४ मा, धार्मिक विधिसहित भव्य तयारी

प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय भएको छ।

बालेननिकट स्रोतका अनुसार सोही साइतमै सपथग्रहण गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकिएको छ। समारोहलाई विशेष र भव्य बनाउन विभिन्न धार्मिक विधिहरूको तयारी गरिएको छ।

Navadurga sun

कार्यक्रमका क्रममा १०८ जना बटुकद्वारा स्वस्तिक वाचन गरिनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगलवाचन गराइनेछ। साथै ७ जना ब्राह्मणले शंखनाद गर्दै समारोहलाई सनातन परम्पराअनुसार गुन्जयमान बनाउने तयारी गरिएको छ।

सपथग्रहण कार्यक्रम धार्मिक सहिष्णुता र सांस्कृतिक समन्वयको प्रतीकका रूपमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...