कैलारी गाउँपालिकामा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु

धनगढी- कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । कैलारी गाउँपालिका ५ बजैपुरमा ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार श्रीमान श्रीमतीको मृत्यु भएको हो ।

Dadeldhura hospital

स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी श्रीमती सेतानु चौधरीको दुर्घटनामा मृत्यु भएको हो । बुधबार राति दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

ट्रक र ट्रक चालक धनगढी ३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...