


प्रकाशबहादुर बोहरा/अत्तरिया, २३ फागुन- सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना सम्पन्न भइ मतपरिणाम सार्वजनिक गरिएको छ ।


मतमरिणाम अनुसार कैलालीका पाँचै, कञ्चनपुरका तीनै, बैतडी, डडेल्धुरा एक-एक ठाउँ गरी १० वटा क्षेत्रमा रास्वपाले विजयी प्राप्त गरेको छ ।


त्यस्तै डोटी, अछाम-१ र बाजुरा एक-एक गरी ३ ठाउँमा नेपाली कांग्रेसले विजयी प्राप्त गरेका छ । त्यस्तै दार्चुला, अछाम-२ र बझाङ्ग एक-एक गरी ३ ठाउँमा नेकपा एमालेले विजयी प्राप्त गरेको छ ।
रास्वपाले कैलाली र कञ्चनपुरका सबै क्षेत्र, बैतडी र डडेल्धुराका एक-एक ओटा गरी १० क्षेत्रमा विजयीः
कैलाली क्षेत्रमा रास्वपाको क्लिन स्वीपः
कैलाली–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३९२, नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ४ हजार ४९३ तथा स्वतन्त्र उम्मेदवार फागु राम थारुले ३ हजार ३८८ मत प्राप्त गरेका छन् ।
कैलाली– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन् । खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार १ सय ८ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचित खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पति राम चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका हुन् ।
कैलाली– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् । जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ८ हजार ३ सय ७६ मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचित जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चुनाव चिह्नका वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् ।
कैलाली– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेम राज कोईराला विजयी भएका छन् । कोईरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १७ हजार २ सय ५५ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचित कोईरालाले २८ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख बहादुर बिष्टले ११ हजार ३ सय १ मत प्राप्त गरेका हुन् ।
कैलाली–५ मा रास्वपाले विजय हासिल गरेको छ । रास्वपाका आनन्द बहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् । नेकपाका प्रेम बहादुर आलेले ७ हजार ८७६, नेकपा एमालेका यज्ञराज ढुंगाना उपाध्यायले ५ हजार ८३९ तथा स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले १ हजार ७५५ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर तीनै क्षेत्रमा रास्वपाको क्लिन स्वीपः
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर तीनै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
कञ्चनपुर १ मा रास्वपाका जनक सिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाकी बीना मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् ।
कञ्चनपुर २ मा रास्वपाका दिपक राज बोहरा ३३ हजार ९५२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।
बैतडी र डडेल्धुराका एक-एक ओटा क्षेत्रमा रास्वपाको जितः
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि मोहन भण्डारी २२ हजार १३४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुर बहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तारा प्रसाद जोशी १९ हजार १३९ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।
डोटी, अछाम-१ र बाजुराका एक-एक ओटा क्षेत्रमा नेपाली कांग्रेसको जितः
सुदूरपश्चिम प्रदेशको डोटी, अछाम-१ र बाजुरामा गरी ३ ठाउँमा नेपाली कांग्रेसले जित गर्न सफल भएको छ ।
डोटीमा नेपाली कांग्रेसका भरत बहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दीपक बहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् । रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७०, नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ तथा राप्रपाका खडक बहादुर अग्रवालले ५९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै अछाम-१ मा नेपाली कांग्रेसका भरत कुमार स्वार १० हजार ७५९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीम बहादुर रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका दिपक बहादुर साउँदले ७ हजार ३८९, रास्वपाका ओम प्रकाश रावलले १ हजार ७३९ तथा राप्रपाका लोकेन्द्र बहादुर शाहले १०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै बाजुरामा नेपाली कांग्रेसका जनक राज गिरी १७ हजार १७३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर धामीले १६ हजार ६३३ मत प्राप्त गरेका छन् । रास्वपाका हेमराज थापाले ६ हजार ३५, नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ३०१ तथा राप्रपाका केशव बहादुर शाहीले ३५२ मत प्राप्त गरेका छन् ।
दार्चुला, अछाम-२ र बझाङ्गका एक-एक ओटा क्षेत्रमा नेकपा एमालेको जितः
सुदूरपश्चिम प्रदेशको दार्चुला, अछाम-२ र बझाङ्गमा गरी ३ ठाउँमा नेकपा एमालले जित गर्न सफल भएको छ ।
दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका छन् । रास्वपाका राजेश सिंह सामन्त (साउद) ले ८ हजार ९३६, नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५, तथा राप्रपाका राजेश चन्दले ६६६ मत प्राप्त गरेका छन् ।
अछाम-२ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी ९ हजार ५१८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन् । नेकपाका बल बहादुर कुंवरले ६ हजार ४९३, रास्वपाका भुप देव शाहले ४ हजार ५६२ तथा नेकपा माओवादीका शेर बहादुर बि क ले ५५८ मत प्राप्त गरेका छन् ।
बझाङमा नेकपा एमालेका ऐन बहादुर महर १८ हजार ५३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् । नेकपाका मिन बहादुर कुँवरले ९ हजार ७५७, रास्वपाका शेलेश कुमार सिंहले ९ हजार २६३ तथा नेकपा माओवादीका भरत मल्लले ५२० मत प्राप्त गरेका छन् ।
यससँगै सुदूरपश्चिमका सबै क्षेत्रको परिणाम सार्वजनिक गरिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।





