दिउँसो २ बजेसम्म ५१ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)

१६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये ५१ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाले अग्रता सँगै ४० क्षेत्रमा जित निकालिसकेको छ ।

रास्वपाले जितेका यी ४० क्षेत्र :
मोरङ–४

मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ४०८३३ मत प्राप्त गरे घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् ।

मोरङ–६

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

पर्सा-१

पर्सा–१ मा रास्वपाका बुद्धि प्रसाद पन्त निर्वाचित भएका छन् । उनले २२ हजार ७५ मत ल्याउँदा नेकपा (एमाले) का प्रदिप यादवले १० हजार ४२० मत ल्याए । उनको मत अन्तर ११ हजार ६५५ रहेको छ । 

त्यस्तै नेपाली कांग्रेसका अनिल कुमार रुगंटाले ९३५३ मत ल्याउँदा राप्रपाका नन्द किशोर प्रसाद श्रीवास्तवको ८६२ मत ल्याए ।

पर्सा-२

पर्सा–२ मा रास्वपाका सुशील कुमार कानु निर्वाचित भएका छन् । उनले ३० हजार ७४० मत ल्याउँदा नेपाली कांग्रेसका अजय कुमार चौरसियाले ११ हजार ८९० मत ल्याए ।  

त्यस्तै नेकपा एमालेका रिया कुमारी यादवले ११ हजार ६०५ मत ल्याइन । जसपा नेपालका अशोक कुमार अग्रवालले २ हजार ५४२ मत र राप्रपाका बीना जैसवालले १ हजार ९९९ मत ल्याएकी हुन् ।

धनुषा–३

धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् । यहाँ कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतो जस्ता हेभिवेट उम्मेदवार थिए ।

ती हेभिवेटलाई हराउँदै मनिषले फराकिलो मतान्तरसहित आफ्नो जित निकालेका हुन् । उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।

त्यहाँ यसअघि नेकपा एमालेका जुली कुमारी महतो (महासेठ) विजयी भएका थिए ।

बारा–३

बारा क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार अरबिन्द साह विजयी भएका छन् । साह ४० हजार ६९७ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत पाएका छन् । जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामवावु कुमार यादवले ६ हजार ८८४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार ज्वाला कुमारी साहले ५ हजार २७१ मत पाइन् भने जनता पार्टीका प्रमोद प्रसाद गुप्ताले ३ हजार ८१९ मतमा सीमित भएका छन् ।

बारा–४

बारा क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । अन्सारी ४१ हजार २०० मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठले ११ हजार ६३९ मत पाएका छन् । त्यस्तै  जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्जु साह कानुले ७ हजार ५९३ मत, नेपाली कांग्रेसका श्यामबावु गुप्ताले ७ हजार ११३ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अजय कुशावाहाले २ हजार ६७ मत प्राप्त गरेका छन् ।

महोत्तरी–१

महोत्तरी क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार प्रमोद कुमार महतो विजयी भएका छन् । महतो ३४ हजार ६३६ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका गिरिराज मणी पोखरेल ले १२ हजार ६२४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत पाउँदा नेपाली कांग्रेसका मुकेश राज काफ्ले ले ६ हजार २१३ मत पाएका छन् । श्रम संस्कृति पार्टीकी लिला दियालीले ८६७ मतमा सीमित भइन् । 

ललितपुर–१

ललितपुर क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार बुद्ध रत्न महर्जन विजयी भएका छन् । महर्जनले २३ हजार ३७३ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका उदय शंशेर ज.ब.रा.राणाले १३ हजार ५२० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार चेत नाथ संजेलले ६ हजार ५४६ मत ल्याउँदा उनेपाका पदम कुमार लामाले २ हजार ६८६ मत ल्याए भने नेकपाका सुिनल महर्जनले १ हजार ९६४ मतमा सीमित भएका छन् ।

भक्तपुर–१

भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार रुकेश रन्जित विजयी भएका छन् । रन्जितने ३३ हजार ४३६ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत पाएका छन् । नेपाली कांग्रेसका किरण न्याैपानेले ४ हजार २८२ मत पाए भने नेकपा एमालेका उम्मेदवार सोम प्रसाद मिश्रले ३ हजार ७२१ मत पाउँदा भने राप्रपाका भरत बहादुर खड्काले २ हजार ४७२ मतमा सीमित हुनु परेको छ ।

भक्तपुर–२

भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्री विजयी भएका छन् । उनले ४२ हजार ३३३ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका महेश बस्नेतले १० हजार ७१७ मत पाएका छन् । नेपाली कांग्रेसका कविर राणाले ८ हजार ३०५ मत पाए भने नेमकिपाका रेशम वैद्यले ३ हजार १५४ मत पाउँदा भने नेकपाका राम प्रसाद सापकोटाले १ हजार १८३ मतमा सीमित हुनु परेको छ ।

चितवन–२

चितवन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रवि लामिछाने ३९ हजार ८ सय ३३ मतान्तरको अन्तरमा विजयी भएका छन् । लामिछाने ५४ हजार ४०२ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरे ।त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ्गले ४ हजार ९६९ मत पाउँदा भने श्रम संस्कृति पार्टीका मिलन थापा मगरले ७५१ मतमा सीमित रहनु पर्यो ।

काभ्रेपलाश्चोक–२

काभ्रेपलाश्चोक–२ मा रास्वपाका उम्मेदवार बदन कुमार भण्डारी विजयी भएका छन् । उनले ५३ हजार ३४४ मत ल्याइ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु प्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याए ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९४० मत ल्याए । नेकपाका बसुन्धरा हुमागाईले ८ हजार १०७ मत ल्याएका छन् । उनेपाका  ज्योत्सना सैजुले ३ हजार ७४९ मत ल्याए ।

नुवाकोट–२

नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार अचूत्तम लामिछाने विजयी भएका छन् ।लामिछाने ३२ हजार ५४ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका जगदिश्वर नरसिंह के.सी.ले १५ हजार ५०३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव राज पाण्डेले ८ हजार २८५ मत पाइन । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हिरानाथ खितवडाले ६ हजार ५२५ मत पाउँदा भने उज्यालाे नेपाल पार्टीका ज्ञानेन्द्र घलेले २ हजार ६८३ मतमा सीमित भएका छन् ।

काठमाडौं–१

रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम थियो । उनले आफ्नो राजनीतिक करियर विवेकशील नेपाली पार्टीबाट गरेकी थिइन् ।समयक्रममा त्यो पार्टी विलय भयो । त्यसपछि पनि उनी राजनीतिक रुपमा सक्रिय रहिन् ।

यसपटक सुरुमा उनी रास्वपाको समानुपातिक सूचिमा थिइन् । तर, उनीमाथि आलोचना भएपछि प्रत्यक्षमा उम्मेदवारी दिएकी थिइन् । उनको निर्वाचन क्षेत्रमा प्रबल थापा क्षेत्री (कांग्रेस), रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) जस्ता चिरपरिचित प्रतिद्वन्द्वी थिए । उनले रास्वपाका लागि पहिलो जित निकालेकी हुन् । कुल मत १५ हजार ४५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३६४ मत ल्याथए

काठमाडौं–२ 

काठमाडौं क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार सुनिल के.सी. विजयी भएका छन् । के‍.सी. ३४ हजार २३८ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत पाएका छन् । राप्रपाकी उम्मेदवार कुन्ती देवी पोखरेल (उपाध्याय) ले ५ हजार २१० मत पाइन भने नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ४ हजार ७५१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका नितेश पौडेलले १ हजार ९१२ मत प्राप्त गरेका छन् । 

काठमाडौं–३

काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।

काठमाडौं–४

२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि भने संसद् छिर्ने भएका छन् । उनले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराए । उनले २९ हजार १८२ मत प्राप्त गरेका छन् ।

काठमाडौं–५

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।

वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित उनले नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराए ।

काठमाडौं–६

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

काठमाडौं–७

काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपा उम्मेदवार गणेश पराजुली विजयी भएका छन् ।पराजुली २७ हजार ८०५ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईले ३ हजार ९८२ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका बसन्त प्रसाद मानन्धरले ३ हजार ६६७ मत प्राप्त गरेका छन् ।नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत पाउँदा उज्यालो नेपाल पार्टीकी विमला लामाले १ हजार ३८३ मतमा सीमित भएका छन् ।

काठमाडौं–८

२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुन: यसै क्षेत्रबाट निर्वाचित भएका छन् । विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म बन्न पुगेका उनले यस पटक पनि सोही रेकर्ड दोहोर्‍याए । उनले २४ हजार ५९२ मत ल्याए ।

काठमाडौं–९

यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् ।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र ल्याइन् । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।

काठमाडौं–१०

काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।

बाग्लुङ–१

बाग्लुङ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार सुशील खड्का विजयी भएका छन् । खड्का २० हजार ९२७ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका भिम बहादुर श्रीस रानाले ११ हजार ९४४ मत पाएका छन् । नेकपा एमालेका हिरा बहादुर खत्रीले ८ हजार ६४० मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत पाउँदा राप्रपाका कल्याण आचार्यले ५२३ मतमा सीमित रहनु पर्यो ।

बाग्लुङ–२

बाग्लुङ क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्मा १२ हजार ६४७ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका टेक राज पौडेलले ११ हजार ८६८ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका ज्ञाननाथ गैरेले १० हजार ७०९ मत प्राफत गरेका छन् । त्यस्तै नेकपा एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत प्राप्त गरिन् भने श्रम संस्कृति पार्टीका हर्क बहादुर पुनले ५६४ मतमा सीमित रहनु पर्यो ।

तनहुँ–१

Dadeldhura hospital

तनहुँ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३८ हजार ४० मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० मत ल्याएकी थिइन । त्यस्तै नेकपाका उम्मेदवार विद्या नाथ ढकालले २ हजार ३९३ मत पाउँदा भने श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ९६७ मतमा सीमित रहनु पर्यो । 

पर्वत–१

पर्वत क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार सागर भुसाल विजयी भएका छन् । भुसाल २६ हजार ५६१ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार मनहरि शर्माले ४ हजार ५५७ मत पाउँदा भने राप्रपाका दुर्गा बहादुर मल्लले ५२५ मतमा सीमित भएका छन् ।

स्याङ्जा–१

स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् । भर्खरै सकिएको मतगणनाअनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।

नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए ।

पर्वत–१

पर्वत–१ मा रास्वपाका उम्मेदवार सागर भुसाल विजयी भएका छन् । उनले २६ हजार ५६१ मत ल्याइ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत ल्याए ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार पदम गिरीले १५ हजार ०७५ मत ल्याए । नेकपाका मनहरि शर्माले ४ हजार ५५७ मत ल्याएका छन् । राप्रपाका दुर्गा बहादुर मल्लले ५२५ मत ल्याए ।

कास्की–१

कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खडक राज पौडेल विजयी भएका छन् । ३९ हजार ८८३ मत प्राप्त गर्दै पौडेल निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ११ हजार २१४ मत पाए ।

नेकपा एमालेका वेन बहादुर क्षेत्री अधिकारले १० हजार ४२९ मत प्राप्त गरे भने नेकपाका राजकाजी गुरुङले २ हजार ४७९ मत र श्रम संस्कृति पार्टीका विल बहादुर तमाङ लामाले १ हजार १४१ मत ल्याए ।

कास्की–२

पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए । एमालेले जित्दै आएको क्षेत्रमा उनले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् । उनले कुल ३१ हजार ९११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए ।

कास्की–३ 

रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् ।

अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् ।

रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।

बाँके-१

बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।

त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।

बाँके-३

बाँके–३ मा रास्वपाका उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनले २९ हजार ५५१ मत ल्याउँदा नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका अमर सिह पुनले १३ हजार २१५ मत ल्याउँदा नेकपाका दिपक कुमार गौरी मगरले ४ हजार १५ मत ल्याएका छन् । राप्रपाका तारक सिंह थारुले ज्ञ हजार ९१२ मत ल्याए ।

गुल्मी–२

गुल्मी–२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले १६ हजार ९६७ मत ल्याइ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण राज विष्टले १६ हजार ४०६ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४३४ मत ल्याए ।नेकपाका श्रीराम महतले ३ हजार ८१ मत ल्याएका छन् । राष्ट्रिय जनमोर्चाका लाल बहादुर थापा क्षेत्रीले ३५४ मत ल्याए ।

रुपन्देही–२

रुपन्देही–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल निर्वाचित भएका छन् । उनले ५६ हजार ५५० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु प्रसाद पौडेलले १२ हजार ८६१ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ९ हजार ३९२ मत ल्याए ।नेकपाका शुभाष पाण्डेले १ हजार ४०१ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीले १ हजार ३३६ मत ल्याए ।

रुपन्देही–३

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा.लेखजंग थापा ५० हजार ३७९ भारि मतान्तरका साथ निर्वाचित भएका छन् । उनले ५८८१४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङ्गले ८ हजार ४३५ मत ल्याए ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बासु देव घिमिरेले ८ हजार २७५, राप्रपाका गौरब बोहराले ७ हजार ७८९ मत ल्याएका छन् । नेकपाका फेज अहमत खाँले २ हजार ५९४ मत ल्याए ।

रुपन्देही–४

रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् । राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।

कैलाली-१

कैलाली–१ मा रास्वपाका कोमल ज्ञवाली निर्वाचित भएकी छन् । उनले १७ हजार ८२६ मत ल्याउँदा नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याए ।

त्यस्तै नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३९२ मत ल्याउँदा नेकपा एमालेका द्धारिका प्रसाद न्यौपानेले ४ हजार ४९३ मत ल्याएका छन् । स्वतन्त्रका उम्मेदवार फागु राम थारुले ३ हजार ३८८ मत ल्याए ।

 

नेपाली कांग्रेस
तेह्रथुम

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत पर्‍यो ।

रसुवा–१

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।

१० हजार ६सय ५६मत प्राप्त गरी आचार्य निर्वाचित भएका छन् । उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए । उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।

मनाङ–१

मनाङ १ बाट टेकबहादुर गुरुङले जित निकालेका छन् । यसअघि दुई पटक संसदमा पुगिसकेका यो उनको तेस्रो जित हो ।

समाजकल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौंको भृकुटीमण्डपस्थित जग्गा भाडा प्रकरणमा उनी मुछिएका थिए ।

विशेष अदालतले २०७९ साल फागुन १६ गते उनलाई दोषी ठहर गर्दै फागुन २५ गते १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अभियोगपत्रअनुसार सजाय नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।

उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । राजनीतिक वृत्तमा उनी सांसद निर्वाचित भए पनि निलम्बनमा पर्नसक्ने चर्चा हुने गरेको छ ।

मुस्ताङ–१

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३३०७ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

दैलेख–१

करिब १२ वर्षपछि कांग्रेसले दैलेख १ मा आफ्नो उम्मेदवार उठाएको थियो । त्यसमा राजनीतिक गतिविधिसँगै उनले होटल व्यवसाय पनि सञ्चालन गरिरहेकी बासना थापा उठेकी थिइन् ।

उनले कांग्रेशका लागि ऐतिहासिक जित निकालेकी छिन् । सार्वजनिक मतपरिणाम अनुसार, थापाले १२ हजार ३७२ मत ल्याइन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । पहिलो प्रयासमै उनले संसद्को यात्रा तय गरेकी हुन् ।

डोटी

डोटीमा नेपाली कांग्रेसका भरत बहादुर खड्का बिजयी भएका छन् । उनले १४ हजार ८९७ मत ल्याउँदा नेकपा एमालेका दीपक बहादुर धामीले १४ हजार ११० मत ल्याए ।

त्यस्तै रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७० मत ल्याउँदा नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार खडक बहादुर अग्रवालले ५९४ मत ल्याए ।

 

नेपाली कम्युनिष्ट पार्टी
रूकुम पूर्व–१

साना कम्युनिष्ट पार्टीहरूलाई एक बनाएर निर्वाचनमा होमिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ बाट निर्वाचित भए ।

बारम्बार निर्वाचन क्षेत्र फेरिरहने उनले यसपाली १० हजार २४० मत ल्याए । उनले नेपाली कांग्रेश र नेकपा एमालेका उम्मेदवारलाई पछि पारे । अहिलेसम्मका पूराना प्रमुख नेताहरूमध्ये जित हासिल गर्ने प्रचण्ड एक्ला रहेका छन् ।

कालिकोट–१

यस निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्र बहादुर शाहीले दोस्रो जित निकाले ।

उनले अन्य दलका उम्मेदवारहरू पछि पार्दै ११ हजार ३३६ मत ल्याएर उनी विजयी भएका हुन् ।

दश वर्षे सशस्त्र संघर्षका एक कमान्डर महेन्द्रबहादुर २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि बनेको कर्णाली प्रदेश सरकारको पहिलो मुख्यमन्त्री हुन् ।

 

नेकपा एमाले
बाँके–२

नेकपा एमालेले पहिलो जित बाँके–२ बाट निकालेको हो । एमालेमा नवप्रवेशी मोहम्मद ईश्तियाक राईले बाँके–२ बाट पहिलो जित दिलाए ।

२४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी बने । श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिएका थिए । उनको अग्रता र जित एमालेका निम्ति ठूलै राहत बन्न पुगेको छ ।

बझाङ्ग

बझाङ्गमा नेकपा एमालेका ऐन बहादुर महर बिजयी भएका छन् । उनले १८ हजार ५३४ मत ल्याउँदा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याए ।

त्यस्तै नेकपाका मिन बहादुर कुँवरले ९ हजार ७५७ मत ल्याउँदा रास्वपाका शेलेश कुमार सिंहले ९ हजार २६३ मत ल्याएका छन् । नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५२० मत ल्याए ।

स्वतन्त्र उम्मेदवारः

म्याग्दी–१

म्याग्दी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन १४ हजार ९ सय ३१ को मतान्तरले विजयी भएका छन् । उनले २२ हजार ८५० मत प्राप्त गरेका थिए ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाए । त्यस्तै नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६७६ मत ल्याएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका अर्जुन बहादुर थापाले ३ हजार ५२९ र रास्वपाका युवराज रोकाले १ हजार ५१९ मत ल्याए ।

Loading...