कैलाली–५ मा रास्वपा आनन्दको फराकिलो अग्रता

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्द बहादुर चन्द ४,२९८ मतसहित अग्रस्थानमा रहेका छन्। नेपाली काँग्रेसका नर नारायण शाह १,६१८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका यज्ञराज ढुङ्गाना १,३३७ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रेम आले ९०९ मतसहित चौथो स्थानमा छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही ले २२९ मत र स्वतन्त्र उम्मेदवार प्यारे लाल राना ले १११ मत प्राप्त गरेका छन्। हालसम्म ९,१३६ मत गणना भइसकेको छ, जसमध्ये ८,६३५ मत सदर र ५०१ मत बदर भएका छन्।

Navadurga sun

कुल ६५,९६३ मत खसेको यस क्षेत्रमा १,१०,५३९ मतदाता रहेका छन्। मतगणना कार्य अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...