सधैँ जनताको आवाज उठाइरहेकाे छु : गगन थापा

काठमाडौँ, १८ फागुन- नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ आम जनताको आवाज उठाइरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफूले गरेको कामको संक्षेपमा भिडियोमार्फत जानकारी गराउँदै यस्तो बताएका हुन्।

Dadeldhura hospital

उनले भने‘ सधैँ आम जनताको आवाज उठाइरहेँ । कहिले सडकमा, कहिले सदनमा।’ आफूले समस्या उजागर गर्नुका साथै समाधानको खोजी गरेको पनि उनले बताए।

Navadurga sun
Godawari sandesh

यस अवधिमा ८ महिना ११ दिन स्वास्थ्य मन्त्रीका रूपमा कार्यकारी जिम्मेवारी पाउँदा त्यसलाई निष्ठापूर्वक पूरा गर्ने प्रयास गरेको पनि उनले बताए । आगामी बिहीबार प्रतिनिधि सभा निर्वाचन हुँदैछ । उनी सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् ।

Loading...