कैलाली–५ मा चुनावी सरगर्मी बढ्यो, जगदीश चौधरी रास्वपा प्रवेश

कैलाली-  २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली जिल्ला क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवार बनेका जगदीश चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। सो निर्वाचनमा उनले ७ हजार ४६० मत प्राप्त गरेका थिए।

पार्टी प्रवेशपछि चौधरी रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द सँगै घरदैलो अभियानमा सक्रिय भएका छन्। उनले परिवर्तनको यात्रामा सहभागी हुन रास्वपा रोजेको बताएका छन्। चन्दको भद्रता, स्पष्ट भिजन र धनगढी विकासप्रतिको प्रतिवद्धताबाट आफू प्रभावित भएको उनको भनाइ छ। साथै आदिवासी रानाथारु तथा थारु समुदायका एजेन्डामा सहमति जुटेपछि पार्टी प्रवेश गर्ने निर्णय लिएको उनले उल्लेख गरे।

Navadurga sun

यसअघि नागरिक उन्मुक्ति पार्टी नेपाल बाट कैलाली–५ का उम्मेदवार बनेका जगन्नाथ चौधरी पनि रास्वपा प्रवेश गरिसकेका छन्। पछिल्लो समय कैलाली क्षेत्रमा विभिन्न दलबाट नेताहरू रास्वपातर्फ आकर्षित हुने क्रम बढ्दै गएको देखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...