कैलाली–५ मा मनुको घरदैलो अभियान तीव्र, स्थानीय विकासमै जोड

धनगढी- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार नर नारायण शाह ‘मनु’ यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । उनले गाउँ–टोल, बस्ती र बजार क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको समग्र विकासका लागि सबैको सहभागिता आवश्यक रहेको बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

मनुले मुख्य सन्देश भने, “हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छ”, र विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले थपे, “बाहिरबाट आएको व्यक्तिले यहाँको समस्या र आवश्यकतालाई गहिरो रूपमा बुझ्न सक्दैन ।”

Navadurga sun
Godawari sandesh

मतदाताहरूले सडक स्तरोन्नति, सिँचाई व्यवस्था, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार लगायतका माग राखेका थिए । मनुले यी सुझावहरू आफ्नो कार्ययोजनामा समेट्ने बताए र जनताको विश्वास पाउँदा क्षेत्रको समग्र विकासमा महत्वपूर्ण परिवर्तन गर्ने प्रतिवद्धता जनाए ।

घरदैलो कार्यक्रममा स्थानीयहरूको सहभागिता उच्च रहेको र विकास र समृद्धिको साझा अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने सन्देश व्यापक रूपमा फैलिएको छ ।

Couple
Loading...