कैलाली–५ मा उज्यालो नेपाल पार्टीका उम्मेद्वार चन्द्र साउदको प्रतिबद्धतापत्र सार्वजनिक

धनगढी- कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्। उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका साउदले पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङको नेतृत्वमा जनताको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

Ganyapdhura gau

उम्मेदवारी घोषणा गर्दै उनले देश र जनताको निम्ति जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। सुदूरपश्चिममा दशकौंदेखि विद्यमान सामाजिक–आर्थिक समस्याहरू समाधान गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने उनको भनाइ छ। विशेषगरी कमैया प्रथा प्रभावित परिवार, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनर्स्थापना, बेरोजगार युवाको रोजगारी र सुशासन स्थापना उनका मुख्य प्राथमिकता हुन्।

Navadurga sun
Godawari sandesh

साउदले कैलाली र कञ्चनपुरका ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका परिवारको समस्या दीर्घकालीन नीतिमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “भूमिहीन नागरिकलाई अधिकारसहितको बसोबास दिलाउनु राज्यको दायित्व हो,” उनले बताए।

Dadeldhura hospital

उपभोक्ता अधिकारको क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनले कालोबजारी, भ्रष्टाचार र माफियाविरुद्ध सदन र सडक दुवैबाट अभियान चलाउने बताए। सबै नागरिकले स्वस्थ खाद्य, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको संवैधानिक अधिकार उपभोग गर्न पाउनुपर्नेमा उनले जोड दिए।

पूर्वाधारतर्फ साउदले धनगढी विमानस्थललाई स्तरोन्नति गरी राष्ट्रिय हबका रूपमा विकास गर्ने, हवाई भाडादरको असमानता घटाउन पहल गर्ने र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन्।

त्यस्तै, सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट विनियोजन गराउन सम्बन्धित निकायमा पहल गर्ने उनले बताएका छन्। पाँच वर्षभित्र कृषि, सूचना प्रविधि, वन, जलस्रोत र स्वास्थ्य क्षेत्रमा १२ हजार बेरोजगार युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य पनि उनले अघि सारेका छन्।

साउदले प्रदेशस्तरीय सीप तथा रोजगार भवन स्थापना, स्मार्ट आईटी व्यवसाय प्रवर्द्धन, राष्ट्रिय स्तरको औषधि उद्योग स्थापना तथा साना व्यवसायलाई सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सहकारी पीडितको रकम फिर्ता गराउन अधिकारसम्पन्न आयोग गठनको मागसमेत उनले उठाएका छन्।

सांस्कृतिक क्षेत्रमा सनातन हिन्दु धर्मसम्बन्धी प्रदेशस्तरीय पुस्तकालय स्थापना गरी धार्मिक अध्ययन–अनुसन्धानलाई प्रवर्द्धन गर्ने योजना पनि उनको प्रतिबद्धता–पत्रमा समेटिएको छ।

Couple
Loading...