‘द भ्वाइस किड्स’ कात्तिक दोस्रो साताबाट प्रसारण हुने

काठमाडौं, २३ असाेज– विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।

विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Navadurga sun

डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।

शुक्रबार हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले शोका प्रायोजक कम्पनीका प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो शोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ । यस्तै, हाइजिन पार्टनरमा ‘लाइफबोय र डाबर रेड पेष्ट’, को स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आवद्ध छ । यस्तै, यसको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्‍याउनका लागि यो शो तयार पारेको बताए । शोका निर्देशक पौडेलले बालबालिकाहरुको मनोविज्ञानलाई समेत मध्यनजर राखेर आफूहरुले शो तयार पारेको बताए । उनले आफूहरुको प्रतिस्पर्धा अन्य शोसँग भन्दा पनि दर्शकसँग भएको बताए ।

कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको सुनाए । उनीहरुले बालबालिकालाई आफूहरुले मूल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...