माओवादीद्वारा फागुन १ गते नेपाल बन्दको घोषणा

लक्ष्मी भट्ट/अत्तरिया- नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले विभिन्न राजनीतिक माग राख्दै फागुन १ गते नेपाल बन्दको घोषणा गरेको छ ।

Ganyapdhura gau

पार्टीका अनुसार भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनसँग सम्बन्धित भन्दै देशभर करिब १५०० जना जेन्जी युवामाथि झुटा मुद्दा लगाई हिरासतमा राखिएको छ । ती युवाहरूलाई बिना शर्त तत्काल रिहा गर्नुपर्ने पार्टीको माग छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

माओवादीले हालको राजनीतिक प्रणाली र २०७२ को संविधानलाई कथित दलाल संविधानको संज्ञा दिँदै त्यसको खारेजीको माग गरेको छ । पार्टीले फागुन २१ गते तय गरिएको निर्वाचन खारेज गर्नुपर्ने तथा देशलाई अग्रगामी निकास दिन माओवादीकाे सरकार आवश्यक रहेको छ ।

वक्तव्यमा भ्रष्टाचार र राष्ट्रघातमा संलग्न व्यक्तिमाथि कारबाही, जेन्जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई दण्ड, तथा भ्रष्ट र राष्ट्रघातीहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने माग उल्लेख गरिएको छ । साथै राज्य पुनर्संरचना, वैज्ञानिक समाजवादी व्यवस्था, र राष्ट्रपति शासन प्रणाली लागू गर्नुपर्ने माग पनि अघि सारिएको छ ।

पार्टीले आफ्ना नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्दा खारेज गर्न माग गर्दै केन्द्रीय सदस्य कमरेड महेश र कमरेड सागरलाई तत्काल रिहा गर्नुपर्ने जनाएको छ । यी सबै मागको समर्थनमा माओवादीले गणतन्त्रवादी, देशभक्त शक्ति तथा जेन्जी/क्रान्तिकारी युवा पुस्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

Couple
Loading...