राप्रपा क्षेत्र नं. ४ को संयोजकमा खेमा देवी विष्ट नियुक्त 

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्षेत्र नं. ४ प्रतिनिधि सभा निर्वाचनका लागि गठन गरिएको मूल परिचालन कमिटीको संयोजकको जिम्मेवारी खेमा देवी विष्टलाई नियुक्त गरिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

पार्टीको निर्णयअनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, प्रचार–प्रसार तथा निर्वाचन परिचालनको सम्पूर्ण जिम्मेवारी विष्टले सम्हाल्ने जनाइएको छ । पार्टी नेतृत्वले उहाँको अनुभव, संगठनात्मक क्षमता र सक्रियतालाई ध्यानमा राख्दै उक्त जिम्मेवारी प्रदान गरिएको बताएको छ ।

Navadurga sun
Godawari sandesh

नव नियुक्त संयोजक विष्टले पार्टीको नीति, सिद्धान्त र एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउँदै क्षेत्र नं. ४ मा राप्रपाको संगठन थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Couple
Loading...