सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचन: २२४ मध्ये २२० मत खस्यो

सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा २२४ मतदाता मध्ये २२० जनाले मतदान गरेका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार ४९ जना प्रदेशसभा सदस्य र १७१ जना स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी कुल २२० मत खसेको हो।

कुल मतदाता संख्या २२४ रहे पनि ४ जनाले मतदान गरेनन्। मतदानमा अनुपस्थित हुनेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।

Navadurga sun

महिला समूहबाट एक र अन्य समूहबाट एक गरी दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ। निर्वाचनमा चार जना उम्मेदवार मैदानमा छन्।

महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी र नेकपा (माओवादी केन्द्र) की रोजी बस्नेत उम्मेदवार छन्।

अन्य समूहमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशी उम्मेदवार रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...