एमालेद्वारा कैलाली–५ मा नारदमुनी राना चुनावी कमान्डर नियुक्त

धनगढी- नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि पूर्व पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानालाई चुनावी कमान्डर बनाएको छ।

शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले रानाको संयोजकत्वमा १००१ सदस्यीय मूल परिचालन समिति गठन गरेको हो। समितिको उपसंयोजकमा पार्टीका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलाई जिम्मेवारी दिइएको छ।

Navadurga sun

यस्तै, रानाकै संयोजकत्वमा २५ सदस्यीय मूल निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरिएको छ, जसमा कैलाली–५ बाट प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरू सदस्य रहेका छन्।

एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई उम्मेदवार बनाएको छ।

राना यस क्षेत्रबाट यसअघि २०७४ सालमा कांग्रेस नेतृ आरजु राणालाई पराजित गर्दै निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए। यसपटक पनि उनी उम्मेदवारका आकांक्षी थिए। तर पार्टीले ढुंगानालाई टिकट दिएपछि राना चुनावी कमान्डरको जिम्मेवारी सम्हाल्दै पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा सक्रिय बनेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...