अत्तरिया- कैलालीको धनगढीमा चौथो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड सम्पन्न भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रालि तथा बाडुल्की मिडिया हाउस प्रालिको आयोजनामा सोमबार म्युजिक अवार्ड कार्यक्रम भएको हो ।



सुप इन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष सुन्दर चन्द (अनुप) को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रमेशसिंह धामी रहनू भएको थियो ।


यस वर्षको सर्वोत्कृष्ट भाषाभाषी गीत अभिनय पुरुषतर्फ ‘मुटु खाने मायाजाल’ गीतका अभिनेता रमेश सिलवालले पाउनुभएको छ । महिलातर्फ ‘रगत मिसिजाउ’ की सुनिता विकले अवार्ड पाउनुभयो । यस्तै सर्वोत्कृष्ट उद्घोषक अवार्ड प्रेम बोगटी, सर्वोत्कृष्ट भाषाभाषी गीत गायनतर्फ डिल्लीराज जोशी र सनम परियारलाई अवार्ड प्रदान गरिएको छ । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनतर्फ मासुम बिष्ट र सर्वोत्कृष्ट भाषाभाषी गीत सर्जकतर्फ क्रिश भण्डारीले अवार्ड जित्नुभयो ।

सर्वोत्कृष्ट भाषाभाषी गीत गायन पुरुषतर्फ सेरी औजी गीत, महिलातर्फ रूपा बुढा, सर्वोत्कृष्ट देउडा गीत अभिनय पुरुषतर्फ भूपी उपाध्याय, महिलातर्फ कविता खड्काले अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कनतर्फ गणेश साउँद, भाषाभाषी गीत अभिनय पुरुषतर्फ भानु चौधरी, महिलातर्फ पुष्पा बडैलाले अवार्ड पाउनुभएको थियो ।
सर्वोत्कृष्ट कला पत्रकारितातर्फ सन्तोष पाण्डेय (सुर्य), चन्द्र मल्ल र भक्तराज जोशीले अवार्ड पाउनु भएको छ । सर्वोत्कृष्ट देउडा गीत गायन पुरुषतर्फ सुनिल नेपाली, महिलातर्फ गौरी भट्ट र सर्वोत्कृष्ट देउडा गीत २०८२ को अवार्ड रीतिका सिग्देलको ले प्राप्त गरेको छ ।
कार्यक्रममा टेकबहादुर ऐरलाई लाइफटाइम एचिभमेन्ट सम्मान, माया प्रकाश भट्टलाई पर्यटन प्रवद्र्धन सम्मान, प्रेमनिधी ओझालाई शैक्षिक सम्मान, हिक्मत रावललाई कला पत्रकारिता सम्मान, हरिना साउदलाई दशक गायिका सम्मान प्रदान गरिएको छ । यस्तै हेमन्त विवशलाई दर्शक साहित्य सम्मान, कल्पना भट्टलाई समाजसेवा सम्मान, डा. विवेक जोशीलाई स्वास्थ्य सेवा सम्मान, केपी कलौनीलाई कला सम्मानबाट सम्मानित गरिएको थियो ।
सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्द ठकुरीका अनुसार चौथो संस्करणले अवार्ड कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाएको छ।




