नेकपाले सुदूरपश्चिमका अधिकांश जिल्लामा उम्मेदवार टुङ्ग्यायो

धनगढी- नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ। स्रोतका अनुसार कैलाली क्षेत्र नम्बर ३ र ४ बाट विरमान चौधरी र हरि चौधरी उत्सवको नाम टुङ्गो लगाएको छ। कैलालीको १ ,२ र ५ नम्बर क्षेत्रको विषयमा अहिले छलफल जारी छ।

Ganyapdhura gau
Dadeldhura hospital

कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर, २ नम्बर क्षेत्रमा लालबहादुर खड्का र ३ नम्बर क्षेत्रका मानबहादुर सुनाको नाम टुङ्गो लागेको छ। अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन्।

Navadurga sun
Godawari sandesh

डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार हुने भएका छन्। बझाङबाट मीनबहादुर कुँवर उम्मेदवार बन्ने भएका छन्। बैतडी परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाशबहादुर शाह उम्मेदवार बन्ने पक्का भएको बताइएको छ।

Couple
Loading...