गोदावरी मकर मेलामा अत्तरियाबाट निःशुल्क बस सेवा

अत्तरिया- कैलालीको गोदावरी धाममा आयोजना हुने माघी मेलाअन्तर्गत बाह्र राशि दर्शन मकर मेला २०८२ लाई लक्षित गर्दै गोदावरी नगरपालिकाले श्रद्धालु भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

Dadeldhura hospital

अत्तरियामा बुधबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख वीरेन्द्र भट्टले मकर मेलाको पहिलो दिन माघ १ गते ४ वटा निःशुल्क बस सञ्चालन गरिने जानकारी दिए । बस सेवा अत्तरिया चोकदेखि गोदावरी धामसम्म सञ्चालन हुनेछ ।

godawari10 Mahila hinsa
Navadurga sun

मकर मेलाको पहिलो दिन गोदावरी धाममा भक्तजनको ठूलो भीड लाग्ने भएकाले सहज आवागमनका लागि निःशुल्क बसको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गत वर्ष पनि मेलाको पहिलो दिन यस्तै बस सेवा सञ्चालन गरिएको थियो ।

Loading...