कांग्रेसको विशेष महाधिवेशन : काठमाडौँका ६ स्थानबाट जुलुस निस्कने

काठमाडौँ- नेपाली कांग्रेसमा संस्थापन पक्षको चर्को असहमति र विरोधका बाबजुद विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १:०० बजे एक भव्य समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने तय भएको छ।

Ganyapdhura gau

उद्घाटन सत्रलाई शक्ति प्रदर्शनको रूपमा देखाउन आयोजकले बिहान ११:०० बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न ६ वटा मुख्य स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। सुन्धाराबाट सुरु हुने पहिलो रुटमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ८, ९ र १० का कार्यकर्ताहरू सहभागी हुनेछन्। यो जुलुस वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।

Navadurga sun
Godawari sandesh

त्यस्तै, नुवाकोट, रसुवा र धादिङका कार्यकर्ताहरू रत्नपार्कमा भेला भएर भृकुटीमण्डप प्रवेश गर्नेछन्। तेस्रो रुट अन्तर्गत पद्मकन्या क्याम्पसबाट बाँके, बर्दिया र मधेश प्रदेशका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ५, ६ र ७ का कार्यकर्ताहरू पुतलीसडक हुँदै अगाडि बढ्नेछन्।

Dadeldhura hospital

भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र काठमाडौँका क्षेत्र नम्बर २ र ३ का सहभागीहरू शंकरदेव क्याम्पसमा भेला भएर कार्यक्रम स्थल पुग्नेछन्। कमलपोखरीबाट सुरु हुने पाँचौँ रुटमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ का कार्यकर्ताहरू डिल्लीबजार र पुतलीसडक हुँदै जुलुसमा होमिनेछन्।

छैटौँ रुट अन्तर्गत ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्ने तय भएको छ।

पार्टीको संस्थापन पक्षले यस महाधिवेशनलाई वैधानिकता नदिने बताइरहँदा विशेष महाधिवेशन पक्षधरहरूले भने पार्टी सुधारका लागि यो कदम अनिवार्य भएको दाबी गरेका छन्।

Couple
Loading...