सुदूरपश्चिमका कांग्रेसका ६ जिल्ला सभापतिद्वारा विशेष महाधिवेशन बहिष्कारको अपिल

सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनलाई विधानविपरीत भन्दै त्यसमा सहभागी नहुन अपिल गरेका छन्।

संयुक्त विज्ञप्तिमा बझाङका जिल्ला सभापति खडक बहादुर बोहरा, डोटीका नरेन्द्र बहादुर सिंह, डडेलधुराका भिम साउँद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले हस्ताक्षर गरेका छन्।

Navadurga sun

विज्ञप्तिमा पार्टीको विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पदाधिकारी वा सदस्यले बोलाएको अधिवेशन विधानविपरीत हुने दाबी गरिएको छ। यस्तो अधिवेशनका नाममा गरिने गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यलाई अपिल गरिएको छ।

उनीहरूले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशन नै गर्नुपर्ने धारणा राखेका छन्। साथै, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्।

यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा आयोजना हुन लागेको विशेष महाधिवेशन पक्षधरहरूले भने महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन गर्न लागिएको भन्दै यसलाई विधानसम्मत भएको दाबी गर्दै आएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...