कैलाली–४ बाट रास्वपाको उम्मेदवार को ? चासो बढ्दो

अत्तरिया- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार को हुने भन्ने विषयमा चासो बढेको छ।

Ganyapdhura gau

यस क्षेत्रमा पार्टी गतिविधि सक्रिय बनाउँदै आएको रास्वपाले हालसम्म औपचारिक रूपमा उम्मेदवारको नाम घोषणा नगरे पनि केही व्यक्तिहरू आकांक्षीका रूपमा चर्चामा आएका छन्।

Navadurga sun
Godawari sandesh

नेपाली कांग्रेस र नेकपा एमालेले यस क्षेत्रबाट बलिया उम्मेदवार अघि सार्ने तयारी गरिरहेका बेला रास्वपाबाट नेपाली सेनाका अवकाशप्राप्त महासेनानी शिवराज पन्तलाई उम्मेदवार बनाउने चर्चा सुरु भएको छ। रास्वपाको केन्द्रीय संगठन विभागका सदस्यसमेत रहेका पन्त वरिष्ठ सुरक्षा तथा रक्षा विज्ञ हुन्।

Dadeldhura hospital

कैलालीको गोदावरी नगरपालिका–१ निवासी पन्त हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा एमफिल–पिएचडी अध्ययनरत छन्। उनले चार विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। उनले राष्ट्रिय स्रोत रणनीतिमा संयुक्त राज्य अमेरिकाको नेशनल डिफेन्स युनिभर्सिटी, वासिङ्टन डी.सी.बाट एमएससी, रक्षा अध्ययनमा किङ्स कलेज लन्डन विश्वविद्यालयबाट एमए तथा रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका छन्।

यस्तै उनले चार्टर्ड म्यानेजमेन्ट इन्स्टिच्युटबाट रणनीतिक व्यवस्थापन तथा नेतृत्वमा लेभल–७ डिप्लोमा हासिल गरेका छन् भने राजनीति शास्त्र, अङ्ग्रेजी, समाजशास्त्र/मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट बीए गरेका छन्।

२८ वर्ष नेपाली सेनामा सेवा गरेर अवकाश प्राप्त पन्त गोरखा दक्षिण बाहु (चौथो श्रेणी), विदेश सेवा पदक (दुई पटक), संयुक्त राष्ट्रसंघ पदक, विपद् उद्धार तथा राहत सेवा पदक तथा प्रकृति संरक्षण पदकबाट सम्मानित भइसकेका छन्। उनी करिब चार महिना अघि मात्रै रास्वपामा आबद्ध भएका हुन्। देशका लागि थप योगदान दिन राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ।

यसै क्षेत्रबाट रास्वपाका क्षेत्रीय सचिव डिल्ली राज जोशी पनि प्रतिनिधि सभा सदस्यका आकांक्षी हुन्। पूर्व शिक्षक रहेका जोशी हाल व्यावसायिक कृषिमा संलग्न छन् भने अत्तरियास्थित कृषि बजार व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्।

त्यसैगरी, रास्वपाका गोदावरी नगर सभापति दीपक ओझा पनि युवा उम्मेदवारका रूपमा चर्चामा छन्। समाज सेवामा सक्रिय ओझा सफल उद्यमीको रूपमा समेत चिनिन्छन्।

Couple
Loading...