शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन गरिएको छ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार गठित सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयको नेतृत्वमा नियुक्ति गरिएको हो।

Navadurga sun

कानुनअनुसार उपकुलपति पदमा प्रा. सुनिल कुमार जोशी र रजिष्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन्। रजिष्ट्रार पदका लागि सिफारिस गरिएका अन्य दुई उम्मेदवारलाई ऐनबमोजिम वैकल्पिक सूचीमा राखिएको छ।

समयमै जिम्मेवारी सम्पन्न गरेको सिफारिस समितिलाई बैठकले धन्यवाद दिएको छ। निर्णय माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले गरेको हो। योग्यताको सम्मान, पारदर्शी प्रक्रिया र विश्वविद्यालयको संस्थागत विकासका लागि यो निर्णय महत्वपूर्ण मानिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...