समयमै सदस्यता नवीकरण गर्न संघको आग्रह, रु. १ लाखको दुर्घटना बीमा सुविधा पनि

धनगढी- कैलाली उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न आग्रह गरेको छ। संघले सूचना जारी गर्दै आगामी २०८३ साल भदौ २७ गतेभित्र सदस्यता नवीकरण गर्ने सदस्यलाई नवीकरण शुल्कमा २० प्रतिशत छुट प्रदान गरिने जनाएको हो।

संघका अनुसार कार्यसमितिको निर्णयअनुसार ५२औँ वार्षिक साधारणसभा भदौ २७ गते आयोजना हुने भएकाले साधारणसभामा सहभागी भई आफ्नो सदस्य अधिकार सुनिश्चित गर्न सबै सदस्यलाई समयमै सदस्यता नवीकरण गर्न अनुरोध गरिएको छ।

Navadurga sun

संघले दर्ता तथा नवीकरण भएका सदस्यका लागि रु. १ लाख बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध रहेको जानकारी दिँदै उक्त सुविधाको लाभ लिन पनि समयमै नवीकरण गर्न आग्रह गरेको छ।

यसैगरी, हालसम्म संघमा आबद्ध नभएका उद्योगी तथा व्यवसायीलाई आफ्नो व्यवसायको संरक्षण, प्रवर्द्धन तथा व्यावसायिक हकहितका लागि कैलाली उद्योग वाणिज्य संघको सदस्यता लिन समेत आह्वान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...