अत्तरिया महोत्सवमा आज दुर्गेश थापासहित कलाकारहरूको बेजोड प्रस्तुति रहने
महोत्सव आज एक कार्यक्रमका बिच सम्पन्न हुँदै


अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ ।


“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।


महोत्सवको तेहौं दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा आज सोमबार गायक दुर्गेश थापा, गायिका शोभा त्रिपाठी, सरस्वती धामी, विक्रम चौधरी, गङ्गा थापा मगर लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।
आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आज सोमबार समापन हुँदै छ।
यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको थियो ।
महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
पुस ९ गते देखि न्यू सृजनशील युवा क्लबद्वारा आयोजना गरिएको महोत्सव पुस २१ गते आज सोमबार एक कार्यक्रमका बिच सम्पन्न हुने आयोजकले जनाएको छ ।