समानुपातिक बन्दसूची दलले आफूअनुकूल परिवर्तन गर्न नपाउने: आयोग

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूची आफू अनुकुल संशोधन गर्न नमिल्ने स्पष्ट पारेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले शुक्रबार सञ्चारकर्मीहरूसँगको छलफलमा तयारीकार्यसम्पन्न भइसकेको जानकारी दिएका छन्।

Dadeldhura hospital

उनका अनुसार निर्वाचन आचारसंहिता पारित भइसकेको, बन्दसूची बुझिसकिएको, निर्वाचन खर्चको सीमा निर्धारण गरिएको र मतदाता शिक्षाका लागि अवधारणा तयार गरिएको छ।

Navadurga sun
Godawari sandesh

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ करिब चार करोड मतपत्र छापिने र फागुन १० गतेसम्म सम्बन्धित जिल्लामा वितरण गरिने छ। आयोगले उम्मेदवार र राजनीतिक दलले बैंक खाताबाट मात्रै प्रचारप्रसार खर्च गर्न पाउने व्यवस्था गरेको छ।

निर्वाचन परिणाम घोषणा भएपछिका ३५ दिनभित्र दल र उम्मेदवारले खर्च विवरण सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ। साथै, कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्था वा उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्र अर्को उम्मेदवारको नाम पठाउन सकिने आयोगले जनाएको छ। समानुपातिकतर्फ अहिलेसम्म ५८ वटा चुनाव चिन्ह मतपत्रमा रहने पक्का भएको छ।

Loading...