अत्तरिया महोत्सवमा आज गायक प्रकाश सपुतसहित कलाकारहरूको बेजोड प्रस्तुति

अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी  सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ ।

“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

Navadurga sun
Godawari sandesh

महोत्सवको नवौ दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा आज बिहीबार गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी, गायक हास्य कलाकार निशान परियार, गायक मेघान कठायत , डान्सर गङ्गा थापा मगर लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।

आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ ।

Dadeldhura hospital

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको यो महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत–संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ ।

आयोजकले आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिँदै दर्शकलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेको छ ।

सृजनशील युवा क्लबले २०६६ सालदेखि २०७१ सालसम्म महोत्सव आयोजना गर्दै आएको थियो । २०७२ सालमा क्लबले महोत्सवको जिम्मेवारी अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएपछि क्लबले पुनः महोत्सव आयोजना गरेको जनाएको छ ।

यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Loading...