राप्रपा कैलालीद्वारा क्षेत्र नम्बर ३ का लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस

धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलालीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

शनिबार राप्रपा कैलाली क्षेत्र नम्बर ३ कार्यसमितीको भेलाले पार्टीको संसदीय समितीको परिपत्रअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो।

Navadurga sun
Godawari sandesh

क्षेत्रीय सभापति खगेन्द्र बहादुर रावलका अनुसार प्रत्यक्षतर्फ विरेन्द्र बहादुर बम, नविन प्रकाश उपाध्याय र शिव नारायण चौधरीको नाम सिफारिस गरिएको छ।

त्यसैगरी समानुपातिकतर्फ खस आर्य समूहबाट दिपक बम ठकुरी, देव बहादुर नेगी र उमेश शिवाकोटीको नाम सिफारिस गरिएको छ। महिला कोटाबाट शुसिला कठरिया, दलित कोटाबाट गगन बहादुर विश्वकर्मा र धन बहादुर विक तथा आदिवासी जनजाति कोटाबाट हनुमान चौधरीको नाम सिफारिस गरिएको अध्यक्ष रावलले जानकारी दिए।

Couple
Loading...