‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि हेरफेर, अब माघ १६ बाट रिलिज

अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको फिल्म ‘द ब्लू लाइट’ को प्रदर्शन मिति फेरि परिवर्तन गरिएको छ । यसअघि १२ मंसिरबाट प्रदर्शनमा आउने भनिएको फिल्म पछि पुष १० गतेका लागि सारिएको थियो । अब निर्माण पक्षले नयाँ मिति तय गर्दै फिल्मलाई आगामी माघ १६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको छ ।

बिहीबार फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो । सोही मितिमा अर्को नेपाली फिल्म ‘आ बाट आमा’ पनि प्रदर्शनमा आउने भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्दै दर्शकलाई मनोवैज्ञानिक तनाव र रहस्यको अनुभूति गराउने प्रयास गरेको छ । टिजरमा प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाजस्ता विषय समेटिएको देखिन्छ । मुख्य पात्रहरूबीचको अविश्वास, त्यसले जन्माउने द्वन्द्व, तनाव र रहस्यलाई थ्रिलर शैलीमा प्रस्तुत गरिएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन बलिराम चौहानले गरेका हुन् । फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारको रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि फिल्ममा देखिनेछन् ।

फिल्मका निर्माता स्वयं निर्देशक बलिराम चौहान हुन् भने सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । छायांकन नरेन्द्र मैनाली, सम्पादन लोकेश बज्राचार्य, ब्याकग्राउन्ड स्कोर मोहक श्रेष्ठ, संगीत एसडी योगी, आयुष्मान निर्देशन रोशन श्रेष्ठ तथा नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । फिल्ममा बेनिशा हमालसँगै छायाँकार नरेन्द्र मैनाली कार्यकारी निर्माताको भूमिकामा छन् ।

Loading...