कैलाली ५ मा नेपाली कम्युनिस्ट पार्टीबाट ५ जना उम्मेदवार सिफारिस

धनगढी- नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि ५ जनाको नाम सिफारिस गरेको छ। एकीकरण पूर्वका क्षेत्रीय कमिटीको सयुक्त बैठकबाट ५ जनाको नाम सिफारिस गरिएको साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक निर्मल शाहले बताए।

Dadeldhura hospital

पार्टीले शाहको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम पनि जिल्लालाई सिफारिस गरेको छ। पुनमगरको नाम जेनजीको तर्फबाट सिफारिस गरिएको शाहले बताए।

godawari10 Mahila hinsa
Navadurga sun

सो क्षेत्रबाट कांग्रेसले यसअघि नै ४ जनाको नाम सिफारिस गरिसकेको छ। नेतृ आरजु रााणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह, धनगढीका पूर्वमेयर नृपबहादुर ओड र विगठित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तको नाम क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय समितिमा सिफारिस भइसकेको छ।

Loading...