जननौलो बिहानि कृषि सहकारीको ११औं साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- जननौलो बिहानि कृषि सहकारी संस्था लिमिटेड, लालपुर-६, को ११औं वार्षिक साधारण सभा शनिबार  लालपुरको साधना पथ एकेडेमी प्राङ्गणमा भब्यतापूर्वक सम्पन्न भएको छ ।

सभा संस्थाका अध्यक्ष बालकृष्ण ओझाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व माननीय बिर बहादुर बलायर रहनु भएको थियो । विशेष अतिथि रूपमा वडा नं. ७ का कार्यवाहक अध्यक्ष चेत बहादुर ऐर र वडा नं. ६ का कार्यवाहक अध्यक्ष जहरी सावद उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ व्यवस्थापक कृष्ण राज ओझाले गर्नुभयो ।

Navadurga sun
Godawari sandesh

सभा उद्घाटनका क्रममा स्वागत मन्तव्य संस्थाकी कर्मचारी तुलसी साह ले राखिन । वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष बालकृष्ण ओझा ले प्रस्तुत गर्नुभयो । उनले संस्थाकाे आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

Dadeldhura hospital

यस वर्षको सदस्यहरूको बचत र निक्षेपबाट रु ५ करोड ८३ लाख १० हजार ५ सय ७१, गत वर्षको निक्षेप रु ४ करोड ८१ लाख २६ हजार ४ सय ६१ रहेको छ । संस्थाको शेयरपुँजी यस बर्ष १० लाख २० हजार ८६० र गत वर्षको रु ८ लाख ७ हजार ४ सय १० रहेको छ । संस्था को यस वर्षको खुदनाफा रु.२० लाख रहेको छ भने गत वर्ष को खुद नाफा रु‍ १६ लाख रहेको थियो  । संस्थामा हाल १ हजार ३९० सदस्यहरु रहेका छन् भने ५ कर्मचारी कार्यरत रहेका छन् ।

सभा क्रममा वक्ताहरूले सहकारीको “नयाँ सोच, नयाँ पहिचान, राजनीति मुक्त सहकारी, हाम्रो अभियान” भन्ने नाराका साथ सहकारी राष्ट्रको एक उत्तम सहकारी भएको र सबैले यसमा आबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रमुख अतिथि बिर बहादुर बलायर ले आफ्नो ५ वर्षे कार्यकालमा अपेक्षित विकास गर्न नसकेकोमा क्षमा माग्दै, अब सहकारी सदस्य र कृषकहरूको सहयोगका लागि सक्रिय रहने वाचा गर्नुभयो ।

उनले कृषि क्षेत्रलाई प्राथमिकता दिने, कृषिमा आधारित सहकारीहरूको लागि रकम विनियोजन गर्ने, भूमिहीन दलित, सुकुम्बासी र अवस्थित बसोबासीको व्यवस्थापन गर्ने, साथै भूमि आयोग मार्फत सुकुम्बासीलाई जग्गा वितरण गर्न पहल हुने आश्वासन दिनुभयो ।

Loading...