सुदूरपश्चिम प्रदेश सरकार उद्योग–व्यापार प्रवर्द्धनमा अग्रसर

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो आर्थिक विकासका लागि उद्योग र व्यापारको प्रवर्द्धनमा सक्रिय कदम चालेको छ। आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव राजेन्द्रकुमार हमालले सुदूरपश्चिमको औद्योगिक र व्यवसायिक क्षेत्रमा लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारी सुरू गरिएको जानकारी दिएका छन् ।

कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम महोत्सवमा आयोजित ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रममा बोल्दै उनले निजी लगानी प्रदेशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै, सरकारले उद्योग, कलकारखाना र व्यापार व्यवसायमा सहजीकरण र प्रोत्साहन कार्यक्रम ल्याइरहेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव दीर्घनारायण कोइरालाले साना, लघु र मझौला उद्योगका लागि सहज वातावरण निर्माण गर्न प्रदेश सरकार तत्पर रहेको र आवश्यक नीति तथा सुविधा उपलब्ध गराउने बताएका छन् । उनले भने, “आयकर, भन्सार छुट र लिजमा जमिन उपलब्ध गराउने जस्ता सुविधा औद्योगिक विकासका लागि महत्वपूर्ण छन् ।”

सम्मेलनले औद्योगिक क्षेत्रमा कानुनी अड्चन पहिचान गर्ने र संघीय कानुन संशोधनका लागि सिफारिस गर्न सहयोग गर्ने प्रदेश सचिव हमालले बताए । युवा उद्यमी सुरेन्द्र राठीले युवालाई स्वदेशमै रोक्न उद्योग र व्यवसायमा आकर्षित गर्नु आवश्यक रहेको धारणा राखे ।

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले बहस कार्यक्रम ‘भिजन सुदूरपश्चिम’ सञ्चालन गरेको छ । बहस श्रृंखलामा कृषि, खेलकुद, शिक्षा र उद्योग–व्यापारका विषयमा छलफल गरिएको छ ।

Loading...