धनगढी–अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अत्तरिया- धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गोदावरी नगरपालिका–५ गेटा निवासी ६५ वर्षीय चेतराज भट्ट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएकोमा आइतबार बेलुका उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०६९३ नम्बरको हाइस र म १ प ५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि हाइस चालक डोटीको शिखर नगरपालिका–१० निवासी २६ वर्षीय टेकबहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...