

धनगढी- नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, कैलाली–५ ले उम्मेदवार बन्न इच्छुक नेताहरूलाई आज मंगलबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।


यसको उद्देश्य फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्नु हो । क्षेत्रीय सभापति भीम पडालका अनुसार, नेपाली कांग्रेसको विधान र केन्द्रीय कार्यसमितिको मापदण्ड अनुसार योग्य उम्मेदवारहरूले धनगढीस्थित जिल्ला कार्यसमितिमा समयमै आफ्नो उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।



कांग्रेसभित्र सक्रियता
कैलाली–५ मा आगामी निर्वाचनको तयारीलाई लिएर कांग्रेसभित्र गतिविधि बढेको छ । विशेषगरी पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा यस क्षेत्रबाट उम्मेदवार बन्ने सम्भावनाले पार्टीभित्र उत्साह सिर्जना गरेको छ ।
डा. राणा जेनजी आन्दोलनपश्चात स्थानीय कार्यकर्ता र पार्टी नेतृत्वसँग सक्रिय रही, धनगढीबाटै निर्वाचन लड्ने इच्छा स्पष्ट रूपमा व्यक्त गरेकी छन् । यसै कारण उनलाई एकल उम्मेदवारको रूपमा सिफारिस गर्ने सम्भावना बलियो हुँदै गएको पार्टी स्रोतहरूले बताएका छन् ।
पूर्व परराष्ट्रमन्त्रीको हैसियतमा डा. राणाले कूटनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकी छिन् र पार्टी स्रोतका अनुसार यसले कैलाली–५ मा पनि उनको नेतृत्व क्षमताप्रति सकारात्मक बहस सुरु भएको छ ।