बझाङमा एक महिलाको शव सेती नदीमा फेला





बझाङ, १३ असोज– बझाङको सदरमुकाम चैनपुरको सेती नदीको पुल मुनि एक महिलाको शव फेला परेको छ । बुधवार दिउसो करिब २५ वर्षीय महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


पुलमुनि नदीको किनारमा ग्याविन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । महिलाको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।



