अत्तरियामा महिला स्वास्थ्य स्वयंसेविका दिवस २०८२ भव्य रूपमा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा आज शुक्रबार गोदावरी नगर क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूले अत्तरियामा प्लेकार्ड र नारासहित जुलुस निकाल्दै भव्य रूपमा कार्यक्रम गोदावरी नगरपालिका स्वास्थ्य साखाको आयोजनामा सम्पन्न गरिएको हो । “स्वस्थ समुदायको निर्माण–महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

समुदायप्रतिको सेवाभाव र त्यागलाई सम्मान गर्दै स्वयंसेविकाहरूले “समाज परिवर्तनको शक्ति–महिला स्वास्थ्य स्वयंसेविकाको भक्ति”, “सशक्त महिला एफसीएचभी हाम्रो आधार”, “स्वास्थ्य घर–समुदाय”, “धन्यवाद स्वयंसेविका” जस्ता नारासहितका प्लेकार्ड प्रदर्शित गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जुलुसपछि प्रतिभा पुस्तकालयको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगर उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विशिष्ट अतिथिको रूपमा सहभागी थिए ।
कार्यक्रम महिला स्वयंसेविका रामकुमारी चौधरी ले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य स्वयंसेविका बेलु पार्की ले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता महिला स्वयंसेविका सञ्जाल संयोजक धना पाठकले गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा निरन्तर सेवा पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। सेवाभाव, समर्पण र समाजप्रतिको उत्तरदायित्वका बाबजुद स्वयंसेविकाहरूले पाउने सेवा सुविधाहरू अपुग रहेको भन्दै वक्ताहरूले स्थानीय तथा संघ–प्रदेश सरकारको ध्यानाकर्षण गराए । स्वयंसेविकाहरूले दिन–रात समुदायको स्वास्थ्य सुधारका लागि समर्पित रुपमा काम गरिरहेको भन्दै त्यसको उचित मूल्यांकन र सुविधामा सुधार आवश्यक रहेको उल्लेख गरियो ।

वक्ताहरूले महिला स्वास्थ्य स्वयंसेविका दिवस २०८२ लाई अवसरका रूपमा उपयोग गर्दै नगरभरका स्वयंसेविकाहरूले आफ्ना समस्या, सम्भावना र आवश्यकता बारे सामूहिक आवाज उठाउन सफल भएको भन्दै आगामी दिनमा अझ उत्साहका साथ जनताको सेवामा समर्पित रहने विश्वास व्यक्त गरे ।

Loading...