कैलालीका पाँचै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट २७ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार कैलाली–१ बाट खुलामा द्वारिका न्यौपाने र धुव्र खत्री, महिलातर्फ कमला शाही र युवामा लक्ष्मी आचार्य, क्षेत्र नम्बर २ बाट खुलामा कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही तथा युवामा पवित्राकुमारी माझी प्रतिनिधि चयन भए ।

Navadurga sun
Godawari sandesh

क्षेत्र नम्बर ३ मा चुलराम चौधरी र करुण बम खुलातर्फ, इच्छाकुमारी चौधरी महिलातार्फ र राजबहादुर बुढा युवातर्फ प्रतिनिधि छनोट भए । क्षेत्र नम्बर ४ मा खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा, महिलामा रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवातर्फ शुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भए ।

क्षेत्र नम्बर ५ मा खुलामा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना विजयी भए । महिलामा अम्विका विष्ट र रुकमणि देवकोटा तथा युवामा तीर्थराज भट्टराई विजयी भए। कैलालीमा तीन दलित क्लस्टरमा प्रतिनिधि छनोट गर्न बाँकी रहेको प्रदेश सचिव चन्दले बताए । रासस

Couple
Loading...