


धनगढी- धनगढीका दुई युवक र एक युवती गरी तीन जना लागूऔषधसहित पक्राउ परेका छन् ।



धनगढी उपमहानगरपालिका–१३ झलारीगाउँ एयरपोर्ट नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षीय भुवन राना, २३ वर्षकी कल्पना चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय जिवन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन् ।


उनीहरुको साथबाट ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।





