एमालेको नेतृत्व र विचार ठिक छ : लेखराज भट्ट 

धनगढी- नेकपा एमालेका नेता एवं केन्द्रीय सचिव लेखराज भट्टले नेकपा एमालेको नेतृत्व र विचार ठिक भएको दाबी गरेका छन्।

धनगढीमा शनिवार पार्टीले आयोजना गरेको जागरण सभामा नेता भट्टले एमालेको नेतृत्व र विचार ठिक भएकाले सबै मिलेर आक्रमण भइरहेको दाबी गरेका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेता भट्टले देश र संविधानको रक्षा गर्न एमाले मात्रै सक्षम भएको दाबी गरेका छन्। उनले एमाले जिउँदै रहेकाले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि एमाले बलिदान गर्न तत्पर रहेको बताए। ‘अहिलेको लडाइ भनेको देशको स्वतन्त्रता राख्ने र पराधिन बनाउने बिचको हो। एमालेसँग सही नेतृत्व र विचार छ,’ उनले भने, ‘एमाले खरानीबाट फेरि उठेर देशको नेतृत्व गर्ने छ।’

नेता भट्टले एमालेका नेता तथा कार्यकर्ताको मनोवल गिराउन गत भदौ २४ गते पार्टी कार्यालयहरू र नेताका घरहरू छानीछानी जलाइएको बताएका छन्। उनले जेन्जी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिएका छन्। ‘जेन्जी आन्दोलन प्रतिक्रान्ति हो। यो आन्दोलनले व्यवस्थापिका, न्यायपालिका र मुलुकको इतिहासमा आगो लगाउने काम गरेको छ,’ भट्टले भने, ‘शोकलाई शक्तिमा बदल्दै हामी जनताको माझमा आएका छौँ।’

संविधानलाई धोति लगाउने काम अहिलेको सरकारले गरेको जिकिर नेता भट्टले गरेका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीले संविधान नै नपढेको बताएका छन्। चैत २१ गते यो सरकारले चुनाव गर्न नसक्ने दाबी भट्टले गरेका छन्। हतियार लुटिएको अवस्थामा, प्रहरीको मनोवल गरिेको अहिलेको अवस्थामा चुनाव हुन नसक्ने भएकाले विघटित संसद् पुनःस्थापित हुनुपर्ने एमालेको स्पष्ट माग र अडान रहेको भट्टले बताएका छन्।

Loading...