कैलालीमा शेरबहादुर चौधरीको हत्या प्रकरण : एक आरोपी तारेखमा छुटेपछि परिवार मानवअधिकार आयोगमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१० खमौराका शेरबहादुर चौधरीको हत्या आरोपितमध्ये एक जनालाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपछि चौधरी परिवारले न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगको ढोका ढक्ढक्याएको छ। शुक्रवार उनीहरू धनगढीस्थित आयोगको सुदूरपश्चिम प्रादेशिक कार्यालय पुगेका हुन्।

Ganyapdhura gau

असोज २३ गते राति शेरबहादुरलाई स्थानीय लोकेन्द्र (लक्की) मल्ल र उनका सहोदर दाजु विकास मल्लले घरमै आएर ढोका हान्दै धम्की दिएको परिवारले किटानी जाहेरीमा उल्लेख गरेको छ। ढोका तोड्न थालिएपछि पछाडिबाट भागेका शेरबहादुर भोलिपल्ट असोज २४ गते घर नजिकै खोलामा मृत फेला परेका थिए।

Navadurga sun
Godawari sandesh

मृतक परिवारको किटानी जाहेरीपछि प्रहरीले दुवै दाजुभाइविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। अदालतले लोकेन्द्र मल्ललाई पुर्पक्षका लागि थुनामा पठाएको भए पनि विकास मल्ललाई साधारण तारेखमा रिहा गरेको छ। विकास विदेश गइसकेको दाबी परिवारले गरेको छ।

Dadeldhura hospital

आयोगमा पुगेका मृतककी आमा पुतली चौधरी, दाइ सन्तोष, भाइ रमेश, श्रीबुहारी सलिना र आफन्तहरुले अनुसन्धान नै त्रुटिपूर्ण भएकाले न्याय नपाउने डर बढेको बताए। उनीहरूको आरोप अनुसार घटनास्थल मुचुल्का उठाउँदा प्रहरी जिम्मेवार बनेन, पोष्टमार्टम रिपोर्टमा कैफियत छ र बयानहरू मिसिलमा जस्ताको तस्तै समावेश गरिएन।

“अनुसन्धानमा कमजोरी हुँदा एकजना तारेखमा छुटिसके, अर्को पनि छुट्ला कि भन्ने त्रास छ,” बाबुराम चौधरीले भने, “न्याय नपाए हदैसम्मको आन्दोलन गर्छौँ।” संघर्ष समितिले पनि सरकारी वकिलले उच्च अदालतमा मुद्दा लैजाने आश्वासन दिएपछि आन्दोलन तात्कालिक रूपमा स्थगित गरेको छ।

उता कैलाली प्रहरीले भने अनुसन्धानमा कुनै कमजोरी नरहेको दावी गरेको छ। प्रादेशिक कार्यालयका निमित्त प्रमुख झंकरबहादुर रावलले परिवारको उजुरी लिएर घटनाको विषयमा अध्ययन गरिएको बताए।

चौधरी परिवारले हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न आग्रह गर्दै पुनः निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

Couple
Loading...