कैलालीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

धनगढी- विद्यार्थीहरूमा खेल भावना र प्रतिभा विकास गर्ने उद्देश्यले कैलालीमा ‘राइजिङ स्टार प्रिमियर लिग’ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी मंसिर १८ गतेदेखि धनगढीस्थित कैलाली क्रिकेट मैदानमा सुरु हुने आयोजक राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कूलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।

Ganyapdhura gau

पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै आयोजक संस्थाले कैलाली जिल्लाभरका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुने बताए। प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका छात्रको टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Navadurga sun
Dadhaldhura pur

विद्यालयस्तरमा विद्यार्थीहरूको प्रतिभा पहिचान र खेलप्रति रुचि अभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरिएको शाहीले बताए । उनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व र समूहगत सहकार्य गर्ने क्षमताको विकास गर्न सहयोग गर्नेछ।

प्रतियोगितामा विजेता टोलीलाई आकर्षक ट्रफीका साथ नगद पुरस्कार पनि प्रदान गरिनेछ। पहिलो हुने टोलीले नगद २०,००० रुपैयाँ, दोस्रो हुनेले १०,००० रुपैयाँ, तेस्रोले ५,००० रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज), उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि प्रमाणपत्र, ट्रफी र नगदसहित सम्मान गरिनेछ।

कार्यक्रम सफल बनाउन विद्यालय, अभिभावक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूलाई सहकार्य गर्न आयोजकले आग्रह गरेको छ। साथै कैलाली जिल्लाभरका विद्यालयहरूलाई टोली दर्ता गरी प्रतियोगितामा सहभागी हुन समयमै अनुरोध गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...