चरेश र खैरो हेरोइन सहित एक किशोरी र युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–४ स्थित बजारमा लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाइ पक्राउ गरिएको हो।

Navadurga sun

चेकजाच गर्दा उनको साथबाट ५२ मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित चन्दलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट सोही ठाँउ बस्ने एक किशोरीलाई ५ मिलिग्राम खैरो हेरोइन र १ ग्राम २४ मिलिग्राम चरेशसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...