कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुने

देशमा हाल मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा रहेको छ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा भने मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

Navadurga sun

हाल देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार देशका विभिन्न भू-भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भाग तथा देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने तथा ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मौसममा हुने परिवर्तनका कारण वर्षा, हिमपात तथा चिसोबाट हुनसक्ने असरप्रति आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...