अपि सडक निर्माणमा ढिलाइ, स्थानीयलाई सास्ती

बैतडी- अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरेर निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।

Ganyapdhura gau

आर्थिक वर्ष २०७७/०७८ देखि सो सडक निर्माण सुरु भएकामा २०८२ वैशाख १४ गते नयाँ ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । सुर्खेतको बिएन्डपी निर्माण सेवाले बाटो खोल्ने जिम्मेवारी पाएकामा हालसम्म म्याद थप हुँदा पनि २० प्रतिशत मात्रै काम पूरा भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त प्रमुख इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए । जम्मा तीन करोड ८६ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मकरीगाडदेखि २.५ किलोमिटर सडकखण्डको नयाँ बाटो खुलाउनुपर्ने छ । जसमा एक किलोमिटर सडकखण्ड कडा चट्टान छ । चट्टान भएको खण्डमा हाल निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनीयर लीलाधर भट्टले बताए । उनका अनुसार पछिल्लो समय पुस मसान्तसम्म ठेक्का म्याद थप गरिएको छ । 

यो सडकले अपि हिमाल गाउँपालिका–१ देखि ४ का नागरिकलाई सहज हुने छ । स्थानीयको अवरोध नभएमा निरन्तर काम अघि बढ्ने निर्माण कम्पनीका प्रतिनिधि विष्णु केसी बताउन्छन । अपि हिमाल गाउँपालिका–३ का स्थानीय गोपी लोथ्याल सडक गाउँपालिका केन्द्रसम्म नपुग्दा स्थानीयले महँगीको मार खेप्नु परेको सुनाउन्छन।

अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले चालु आर्थिक वर्षभित्र गाउँपालिका केन्द्रसम्म सडक पुग्ने विश्वास व्यक्त गरे । यो वर्ष सडक विभागले तीन करोड र गाउँपालिकाले एक करोड बजेट विनियोजन गरिएको छ । सांसद विकास कोषबाट तीन करोड बजेट विनियोजन भएको थियो । सांसद विकास कोषको बजेट भने कटौती हुने सम्भावना छ ।

Couple
Loading...